७ बैशाख २०८१, शुक्रबार । April 19, 2024

अर्थ

युनाइटेड मोदीको साधारण सेयर आउँदै



काठमाडौँ, २७ माघ । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले १७ लाख २५ हजार कित्ता साधारण सेयर जारी गर्ने भएको छ ।
धितोपत्र बोर्डले कम्पनीलाई साधारण सेयर जारी गर्ने अनुमति प्रदान गरेको हो । यसअघि आयोजनाले स्थानीयवासीलाई १० प्रतिशत सेयर दिने अनुमतिसमेत पाइसकेको छ । बोर्डले करिब १५ प्रतिशत सेयर आम नागरिकलाई प्रदान गर्ने गरी स्वीकृति दिएको हो ।
आयोजनाले आयोजना प्रभावितलाई ११ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासनको स्वीकृति पाइसकेको छ । १० प्रतिशत स्थानीय, १५ प्रतिशत सर्वसाधारण र ७५ प्रतिशत प्रवद्र्धकको सेयर हुने छ ।
सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटल मार्केट लिमिटेडलाई तोकिएको छ । सर्वसाधारण र स्थानीय बासिन्दालाई गरी कुल रु २८ करोड बराबरको २८ लाख कित्ता सेयर निष्कासन हुनेछ । हाल सो कम्पनीले १० मेगावाट क्षमताको तल्लो मोदी आयोजना सञ्चालन गरिरहेको छ भने १० मेगावाट क्षमताको तल्लो मोदी २ निर्माणको तयारी गरेको छ ।

प्रकाशित : २७ माघ २०७३, बिहिबार ००:००