८ बैशाख २०८१, शनिबार । April 21, 2024

मुख्य खबर

लोप हुँदै परम्परागत काठेकोल



तम्घास गुल्मी, २७ माघ । आधुनिक प्रविधिअन्तर्गत गाउँघरमा आजभोलि आधुनिक मेसिनको प्रयोगसँगै जिल्लामा तोरी र चिउरी पेल्नका लागि प्रयोग गरिँदै आएका परम्परागत काठेकोल लोप हुँदै गएकशा छन् ।
केही वर्ष अघिसम्म गाउँघरमा चिउरी तथा तोरी पेल्नका लागि प्रयोग गरिँदै आएका काठेकोल यतिबेला विभिन्न प्रविधिको विकाससँगै लोप हुँदै गएका छन् । जिल्लाका बडागाउँ, पौदी अमराई, दिगाम, हस्तीचौर बलीथुमलगायत गाविसमा कृषकले काठेकोलको प्रयोग गर्ने गरेका छन् ।
स्थानीयस्तरमा पुराना सामग्रीको संरक्षण नभएपछि काठेकोल लोप हुँदै गएको मुसिकोट गाविस–७ का रेशम चालिसे बताउँछन् । “पुराना वस्तुको संरक्षण गर्नेभन्दा पनि छिटो छरितो कसरी हुन्छ भन्नेतिर लागेका कारण काठेकोल हराउन थालेका हुन्,” उनले भने।
विगत एकदशक अगाडिसम्म कृषकले काठेकोलको माध्यमबाट तोरी र चिउरी पेलेर घ्यु तेलको जोहो गर्दै आएका थिए । काठेकोलको निर्माण गर्दा लगानी कम लाग्ने भए पनि उक्त कोलमा पेलेर तेल निकाल्ने काम भने त्यति सजिलो छैन ।
तोरी, चिउरी, सरसिउँलगायत वस्तु आधुनिक मेसिनबाट पेल्ने गरिए पनि चिउरीको बिजुला पेल्न भने काठेकोल निकै उपयोगी भएको बलिुथुम–९ का मनकुमारी सर्तुङ्गीेको भनाई छ । गाउँका बुढापाकाले यस्ता वस्तुको संरक्षण हुन नसकेकामा चिन्ता व्यक्त गरेका छन् ।

प्रकाशित : २७ माघ २०७३, बिहिबार ००:००