९ बैशाख २०८१, आइतबार । April 21, 2024

मुख्य खबर

स्ववियु निर्वाचनका लागि जुटे विद्यार्थी सङ्गठन



पोखरा, २७ माघ । आगामी फागुन १७ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि यहाँका विद्यार्थी सङ्गठन आ–आफ्नो तयारीमा जुटेका छन् ।
निर्वाचनका कारण यहाँका क्याम्पसमा चहलपहल बढेको छ । पछिल्लो समय विद्यार्थी सङ्गठनले भेला र कार्यकर्ता भेटघाट बढाएका छन् । विभिन्न कारणले २०६५ सालयता स्ववियु निर्वाचन हुन सकेको छैन । स्ववियु निर्वाचनलाई लक्षित गरी अनेरास्ववियुले आफ्नो तयारीलाई तीव्र बनाएको सो सङ्गठनका जिल्ला अध्यक्ष विवेक देवकोटाले बताए ।
“निर्वाचन हुने सबै क्याम्पस कमिटीलाई क्रियाशील गरिएको छ,” उनले भने । शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न अन्य विद्यार्थी सङ्गठनहरुसँग छलफल गरिरहेको छौं ।
यस्तै जिल्लाका विभिन्न क्याम्पसमा साङ्गठनिक गतिविधि तीव्र पारेको अनेरास्ववियु क्रान्तिकारीका जिल्ला अध्यक्ष नारायण बराले बताए।
स्ववियुको निर्वाचनका लागि क्याम्पसका प्रत्येक एकाइलाई सक्रिय पारेको नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य भानु ढकाल बताउँछन्। “स्ववियु निर्वाचन कुनै पनि हालतमा हुनुपर्छ,” उनले भने ।
जिल्लामा त्रिभुवन विश्वविद्यालयअन्तर्गतका पाँच र नेपाल संस्कृत विश्वविद्यालयको एएटा क्याम्पसमा स्ववियु निर्वाचनको तयारी भइरहेको छ ।

प्रकाशित : २७ माघ २०७३, बिहिबार ००:००