१४ बैशाख २०८१, शुक्रबार । April 26, 2024

खेलकुद

नेपथ्यमा किर्तिमानी धावक भूमिराज



bhumi final cभूमिराज राई वर्तमान समयका सर्वाधिक सफल म्याराथन धावक हुन । उनको खेलकुद करियरका ग्राफ निरन्तर उकालो चढ्दो क्रममा छ । चार ओटा राष्ट्रिय प्रतियोगितामा उनी च्याम्पियन भइसकेका छन् । अन्य एक दर्जन प्रतियोगितमा समेत सफलता चुमेका छन् । यति मात्र होइन उनको नाममा नेपाली भूमिमा नयाँ किर्तीमान समेत बनेको छ । उनले १० औँ काठमाण्डौ म्याराथनमा २ घण्टा २० मिनेट ४४ सेकेन्डमा म्याराथन पूरा गरि इतिहास बनाएका हुन ।
यहि धेरै सफता हात पारे पनि नेपाल पुलिसको विभागीय टीमबाट खेलिरहेका भूमिराजको चर्चा भने कमै हुन्छ । यसको पछाडी भने उनको स्वभाव र वर्तमान परिवेशमा चाब्लुसी प्रवृतीका मानिसहरु मात्र फन्टमा आउँने संस्कृतीले घर गरेको छ । उनी चर्चामा आउँन खासै रुची गर्दैनन् । भन्छन् अझ धेरै गर्नु छ । एसियन म्याराथन र ओलम्पिकमा मेडल ल्याउने लक्ष्य छ । यो लक्ष्य पछ्याइरहेको छु । चर्चा र सम्मान भन्दा पनि काममा बढी लागेको छु । मेरो गुरु रघु वन्तले पनि उतिकै प्रोत्सान गरिरहनु भएको छ ।
वास्तवमै सपना, लक्ष्य र निरन्तर मेहनतले मानिसलाई सफलताको शिखरमा पुर्याउँछ भन्ने राम्रो उदाहरण हुन भूमि । यति धेरै सफलताको मालिक उनको जीवन यात्रा र संघर्षको कथा सरल रेखामा भने बगेका छैनन् । जीवनको थूप्प्रै आरोह अवरोह पार गरेर यो ठाउँसम्म आइपुगेका हुन । उनको जन्म पाँचथर जिल्लाको फिदिम नगरपालिका वडा नं.९ मा पापा खडगवहादुर राई र आमा रणमायाराईको कोखवाट २०४६ साल असार ८ गते भएको हो । सानैदेखि समाजमा केही गरौ भन्ने मृगतृष्णा पालेका उनी धेरै सामाजिक संघसंस्थामा पनि सहभागी भए । पहाडको ठाउँ धेरै उकाली ओराली हिडेरै पार गर्नु पर्थ्यो । सदरमुकाम फिदिममा रहेका पाँचथर क्याम्पस पढेर घर फर्किदा बाटोमै रात परेको थुप्प्रै घटना अझै पनि मस्तिष्कमा ताजै छ । यहि अप्ठ्राहरु आज भूमिको खेल जीवनमा सहायक बन्यो । उनी पहिलो पटक २०६२ सालमा विराटनगरमा भएको हाफ म्याराथनमा सहभागी भएका थिए । उनी त्यहाँ दोस्रो भए तर थूप्रै पहिलो हुने प्रवेशद्धार त्यहि थियो । त्यस यता उनीले खेल जीवनमा पछाडी फर्किनु परेको छैन ।

दर्जन प्रतियोगितामा च्याम्पियन

Bhumiraj 6
राष्ट्रिय तथा अन्तराष्ट्रिय दर्जनौ म्याराथन प्रतियोगिता भूमि च्याम्पियन बनेका छन् । उनले पहिलो पटक वि.स. २०६२ सालमा विराटनगरमा आयोजित हाफ म्याराथन प्रतियोगितामा भाग लिएका थिए । उनी पहिलो पल्ट सहभागी हुँदै द्वितीय स्थान हासिल गर्न सफल भए । यो प्रतियोगिता नै भूमिको खेलकुद जीवनमा ट्रनिङ प्वाइन्ट बन्यो । त्यहि विन्दुबाट सुरु भएको उनको दौड निरन्तर उकालो ग्राफ चढिरहेका छन् । २०१२ मा राष्ट्रिय म्याराथनमा प्रतियोगितामा पाँचौ स्थान हासिल गर्न सफल भए । गैर आवासिय नेपाली संघ (एनआरएन)द्वारा आयोजित युके दौड प्रतियोगिता ०६३ प्रथम, प्रथम गणतान्त्रिक खेलकुद प्रतियोगिता ०६४ तृतीय, सातौं गोर्खा महोत्सव ०६५ प्रथम, पोखरा हाफ् म्याराथन ०६२, वुटवल हाफ् म्याराथन दौड प्रतियोगिता द्वितीय ०६६, प्रजातान्त्रिक राष्ट्रिय युवा संघद्वारा आयोजित म्याराथन प्रतियोगिता ५०० मीटर दौड प्रतियोगिता ०६५ प्रथम, लिगलिगे राजा दौड प्रतियोगिता ०६७ प्रथम निरन्तर तीन पटक, विराटनगर हाफ म्याराथन दौड ०६५ द्वितीय, काठमाण्डौ म्याराथन दौड सन २०१४ प्रथम, ४० औं राष्ट्रिय म्याराथन दौड प्रतियोगिता काठमाण्डौ प्रथम, सातौं बृहद राष्ट्रिय म्याराथन दौड प्रतियोगिता विराटनगर प्रथम, १० औं काठमाण्डौ म्याराथन दौड प्रतियोगिता प्रथम, १५ औं एसीयन म्याराथन दौड प्रतियोगिता पाँचौं र माल्दिव्सको मालेमा आयोजित मीड गाइड हाप्m म्याराथन दौड प्रतियोगिता २०१६ प्रथम लगायतका सफलता चुमेका छन् ।

नेपाली भूमिमा नयाँ किर्तिमान

bhumiraj 5
गत असोजमा भएको १० औँ काठमाण्डौ म्याराथनको उपाधी चुम्ने क्रममा भूमिले नयाँ किर्तीमान समेत रचेका छन् । भूमिले नेपाली भूमिमा भएको म्याराथनमा उत्कृष्ट समय निकाल्ने क्रममा २ घण्टा २० मिनेट ४४ सेकेन्डमै म्याराथन पूरा गरे । यसअघि नेपालमा भएको कुनैपनि म्याराथनमा नेपाली खेलाडीले उक्त समयमा दौड पूरा गरेका छैनन् । राष्ट्रिय कीर्तिमान वैकुण्ठ मानन्धरको नाममा छ । उनले भारतमा भएको तेश्रो दक्षिण एसियाली महासंघीय खेलकुद (साफ) मा २ घण्टा १५ मिनेट ०३ सेकेन्डको कीर्तिमान बनाएका थिए । यो कीर्तिमान दक्षिण एसियाली खेलकुद (साग) मा अहिलेसम्म वैकुण्ठकै नाममा कायमै छ ।

एसियन गेममा च्याम्पियनको लक्ष्य

bhumirajनेपाली भूमिमा किर्तीमानी र चार पटक च्याम्पियन भइसकेको राईको अबको लक्ष्य भनेको सन् २०१८ मा हुने एसियन प्रतियोगितामा च्याम्पियन हुने रहेको छ । उनी त्यसका लागि निरन्तर अभ्यासमा छन् । उनी भन्छन एसियन र ओलम्पिकमा राम्रो गर्ने लक्ष्य लिएर कडा मेहनत गरिरहेको छु । यसैको तयारी स्वरुप तालिमका लागि उनी अर्को महिना चीन जादैछन् । यसको सबै चाँजोपाँजो एथलेटिक्स संघले मिलाएको हो ।

अन्तराष्ट्र्रिय प्रतियोगिताहरुमा व्यक्तिगत लगानी गर्नु पर्ने अवस्था

bhumiraj 1
राज्यको तहवाट खेलाडिहरुमा उचित सम्मान र पर्याप्त लगानी हुन नसक्दा खेलाडीहरुले राष्ट्रको नाममा व्यक्तिगत लगानी गरेर अन्तराष्र्टि«य स्तरको खेल प्रतियोगिताहरुमा भाग लिनु परेको गुनासो छ उनीमा । खेलमा पनि राज्यले लगानी गर्ने स्रोत साधनमा विभेद रहेको उनको बुझाइ छ । फरक फरक खेल भए पनि देशले पाउने मेडल फरक नहुने उनी बताएँछन् । राष्ट्रिय स्तरमा फुटवल खेललाई जति राज्यले सम्मान गर्छ त्यति नै अन्य खेल जगतलाई पनि सम्मान र लगानी दिनु पर्ने उनको धारणा छ । फूटवल जगतमा नेपालले अन्तराष्ट्रिय स्तरको गोल्डमेडलको ट्रफी चुम्दा नेपाली पूmटवलको राष्ट्रिय टोलिलाई रथ चढाएर नगर परिक्रमा गरि सम्मान गरिन्छ तर अन्य खेलाडीले त्यही गोल्ड मेडल चुम्दा राज्यले वास्ता पनि नगर्ने भएकोले नेपाली खेल विधामा ठूलो विभदे रहेको राईको गुनासो छ । समग्र नेपाली खेलको स्तर माथि उठाउन विना विभेद सवै खेल विधालाई समान लगानी र समान अवसर दिनु पर्ने उनी बताउँछन् ।

फोटो:  राईको फेसबुकबाट

प्रकाशित : २७ माघ २०७३, बिहिबार ००:००