८ बैशाख २०८१, शनिबार । April 20, 2024

ग्लोबल

काबुलस्थित एक अदालतमा विस्फोट, कम्तिमा बाह्र जनाको मृत्यु



काबुल ९अफगानिस्तान०, २५ माघ । अफगानिस्तानको राजधानी काबुलमा रहेको एक अदालत नजिकै मङ्गलबार भएको आत्मघाती बम आक्रमणमा परी कम्तिमा १२ जनाको मृत्यु भएको अफगानी अधिकारीले बताएका छन् ।

घटनामा कम्तिमा १२ जना घाइते भएको बताइएको छ ।

एक जना आत्मघाती आक्रमणकारीले अदालतका कर्मचारीलाई लक्षित गरी विस्फोट गराएको अफगानिस्तानको गृह मन्त्रालयका प्रवक्ता नजिवुल्लाह डेनिसले बताए ।

आक्रमणकारी पैदल अदालत परिसरमा प्रवेश गरेको र अदालतको गाडी पार्किङ क्षेत्रमा विस्फोट गराएको डेनिसले जानकारी दिनुभयोे ।

घटनामा १२ जनाको मृत्यु भएको र झन्डै सोही सङ्ख्यामा घाइते भएको उहाँले पुष्टि गरेपनि यस घटनाकारे विस्तृत विवरण प्राप्त भैनसकेको उनले बताए ।

प्रकाशित : २५ माघ २०७३, मंगलबार ००:००