९ चैत्र २०८०, शुक्रबार । March 22, 2024

मुख्य खबर

शैक्षिक सुधारमा प्रधानाध्यापक जिम्मेवार हुनुपर्ने



काठमाडौँ, २५ माघ । शिक्षाविद्हरुले विद्यालय तहको शैक्षिक सुधारका लागि प्रधानाध्यापक आफैँ जिम्मेवार हुनुपर्नेमा जोड दिएका छन् ।
दोलखाका उच्च माध्यमिक विद्यालय तहका प्रधानाध्यापकले काठमाडौँमा आज आयोजना गरेको अन्तक्र्रियामा शिक्षाविद्, प्रधानाध्यापक, विद्यार्थी र अभिभावकप्रति जवाफदेही भए विद्यालयको शैक्षिकस्तरमा सुधार हँँुदै जाने धारणा राखेका छन् ।
शिक्षाविद् धनञ्जय शर्माले विद्यालयको शैक्षिक सुधारको मेरुदण्ड प्रअ आफैँ भएको र प्रतिकूल समयमा मात्र नभई अभिभावकलाई विद्यालयले हरेक पटक छलफलमा बोलाउनुपर्ने आवश्यकता औँल्याए।
आफू अनुकूलको समय पारेर मात्र विद्यालयले अभिभावकसँग छलफलका लागि समय मिलाउने गरेको उल्लेख गर्दै उनले त्यसले पनि शैक्षिक सुधारमा कठिनाइ उत्पन्न गराएको बताए । शिक्षाविद् शर्माले विद्यार्थीलाई ६० प्रतिशतभन्दा बढी सक्रिय बनाएर मात्रै कक्षाकोठाको शिक्षण सिकाइ प्रभावकारी हुने पनि स्पष्ट पारे ।
दोलखाका ६० भन्दा बढी उच्च माध्यमिक विद्यालय तहका प्रधानाध्यापक सहभागी रहेको भेलाको संयोजन दोलखा क्षेत्र नं १ का सांसद पार्वत गुरुङले गरेका थिए । सांसद गुरुङले दोलखाका उच्च माध्यमिक विद्यालयको शैक्षिक सुधारका लागि अभियान नै सञ्चालन गर्नु जरुरी भएको बताए।
सो अवसरमा दोलखाका सांसदद्वय पशुपति चौलागाईं र आनन्दप्रसाद पोखरेलले शैक्षिक क्षेत्रको विकासमा लागिपर्ने प्रतिबद्धता जनाए ।

प्रकाशित : २५ माघ २०७३, मंगलबार ००:००