१२ बैशाख २०८१, बुधबार । April 25, 2024

मुख्य खबर

सर्वोच्चका सहप्रवक्ता पौडेललाई मातृशोक



काठमाडौँ, २५ माघ । सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेललाई मातृशोक परेको छ । उनकीकी १०६ वर्षीया आमा मनिकर्ण पौडेलको आइतबार टोखा नगरपालिका–८, धापासीस्थित आफ्नै निवासमा निधन भएको हो ।
आजसम्म अस्पताल नटेकी सामान्य रुघाखोकीका कारण निधन भएको र तीन वर्षअघिसम्म आफ्ना सबै काम आफैँले गर्ने गरेको कान्छा छोरा तथा सर्वोच्च अदालतका सहप्रवक्ता पौडेलले जानकारी दिए ।
“यति धेरै उमेर हुँदा पनि उनले पूरै दाँत रहेको, आँखा राम्ररी देख्ने, तन्दुरुस्त शरीर हुनुका साथै खाना आफैँ खाने गर्नुहुन्थ्यो”– उनले भने । उहाँका चार छोरी र तीन छोरा हुनुहुन्छ । तीमध्ये जेठी छोरी गङ्गा अर्याल नै ८४ वर्षकी हुनुहुन्छ ।
स्वर्गीय पौडेलको पशुपति आर्यघाटमा आइतबारै अन्तिम संस्कार गरिएको थियो । अन्तिम श्रद्धाञ्जलि दिन प्रधान न्यायाधीश सुशीला कार्की, सर्वोच्च अदालतका न्यायाधीश र उच्चपदस्थ अधिकारी पशुपति आर्यघाटमा पुगेको थियो।

प्रकाशित : २५ माघ २०७३, मंगलबार ००:००