६ बैशाख २०८१, बिहिबार । April 18, 2024

मुख्य खबर

गुणस्तरीय स्वास्थ्य सेवामा पहँुच पु¥याउनु पहिलो प्राथमिकताः मन्त्री थापा



काठमाडौँ, २५ माघ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले सबै जनतालाई गुणस्तरीय स्वास्थ्य सेवामा पहँुच पु¥याउनु आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन्।
आजबाट राजधानीमा सुरु भएको दुईदिने स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा गर्न नेपाल सरकारका विभिन्न दातृ निकाय र अन्य सरोकारवाला संस्थासँगको ‘संयुक्त वार्षिक समीक्षा बैठकमा मन्त्री थापाले सविधानअनुसार नै अब स्वास्थ्य सेवा विस्तार गर्दा सङ्घीय संरचनाअनुसार नै स्वास्थ्य क्षेत्रको पुर्नसंरचना गरिने बताए ।
स्वास्थ्य संस्थामा औषधि अभाव, उपकरणको अभाव र सबै अस्पताल र स्वास्थ्य संस्थामा विशेषज्ञ चिकित्सकको अभावजस्ता समस्या विस्तारै समाधान गर्दै लगेको बताए ।
स्वाथ्यमा भएका विसङ्गति कम गरी गुणस्तरीय सेवा प्रदान गर्न नयाँ नीति बनाउने र अपुरा नीतिलाई सशोधन गर्ने कार्य भइरहेको पनि थापाले जानकारी ।
थापाले भने, ‘‘पुनःसंरचना गर्दा संविधानमा उल्लेख भएअनुसार गुणस्तरीय स्वास्थ्य सेवालाई केन्द्रमा राखिएको छ । हामीले संविधानमा स्वास्थ्यलाई मौलिक हकका रुपमा स्वीकार गरेर त्यसलाई स्थानीय तहसम्म पु¥याउने प्रतिबद्धता गरेका छौँ ।’’
बैठकमा स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङले अझैपनि सर्वसाधारण जनताले स्वास्थ्य सेवाको पहुँच पाउन नसकेको र ४५ प्रतिशत महिला अहिले पनि घरैमा सुत्केरी हुने गरेको बताए ।
‘‘थुपै दातृ निकायको सहयोग रहँदारहँदै पनि स्वास्थ्यको क्षेत्रमा उल्लेख्य सुधार गर्न सकिएको छैन । उपचार महँगो हुँदा जनतामा आर्थिक भार बढ्दै गएको छ । यसतर्फ छलफलको आवश्यकता छ ।’’
राष्ट्रिय योजना आयोगका सदस्य प्रा. डा. गीताभक्त जोशीले स्वास्थ्यले सहश्राब्दी विकास लक्ष्य हासिल गर्न सफल भएकोमा प्रशंसा गर्दै अबको दिगो विकास लक्ष्यका क्षेत्रमा लाग्नुपर्नेमा जोड दिए।
मुख्यसचिव डा. सोमलाल सुवेदीले स्वास्थ्यका साथै अन्य आधारभूत सेवाका क्षेत्रमा पनि जनताको पहुँच पु¥याउन आवश्यक रहेको बताए।
स्वास्थ्य सचिव डा. सेनेन्द्रराज उप्रेतीले स्वास्थ्यमा सबैको समान पहुँच हुने गरी मन्त्रालयले कार्य गरिरहेको बताए।

प्रकाशित : २५ माघ २०७३, मंगलबार ००:००