७ बैशाख २०८१, शुक्रबार । April 19, 2024

मुख्य खबर

कैलाली बस दुर्घटनामा बीस घाइते



 

धनगढी, २४ माघ । पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको घोडाघोडी नगरपालिका सडकखण्डमा आज अपराह्न ना ६ ख् ा६३२८नंको बस दुर्घटना हुँदा बसमा सवार २० जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार भीमदत्तनगरबाट नेपालगन्जतर्फ गइरहेको उक्त बस दुर्घटनाबाट घाइतेमध्ये कञ्चनपुर सुडा का ५५ वर्षीया द्रौपदी र निजकै श्रीमान् ६० वर्षीय दिलबहादुर बमको अवस्था गम्भीर रहेको छ । सामान्य घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

गम्भीर घाइते दुवैलाई उपचारका लगि नेपालगन्जतर्फ पठाइएको छ । बसका चालक दुर्घटनालगत्तै फरार भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : २४ माघ २०७३, सोमबार ००:००