१० बैशाख २०८१, सोमबार । April 22, 2024

Life Style

थप चार रोगको निःशुल्क उपचार, सहायता रकम पाँच लाख पुर्याइने



mohp buildingकाठमाडौं । सरकारले विपन्न वर्गका लागि थप चार रोगका उपचार निःशुल्क गर्ने भएको छ । साथै कडा रोगका लागि सरकारले दिदै आएको सहायता रकमलाई एक लाखबाट बढाएर पाँच लाख पुर्‍याउन प्रस्ताव गरिएको छ ।
सरकारले विपन्न वर्गका लागि हाल ८ प्रकारका कडा रोगको उपचार निःशुल्क भनेको छ । र, त्यसका लागि एक लाखसम्म उपचार सहायता दिँदै आएको छ ।

थप निःशुल्क उपचारको सूचीमा कलेजो, अप्लाष्टिक एनिमिया, थालेसिमिया तथा मस्तिष्क घात थप्ने प्रस्ताव गरिएको छ । अति विशिष्ट र विशिष्टहरुको उपचार खर्चसम्वन्धी व्यवस्थामा भने यो समावेश भइसकेको छ ।
हालसम्म विपन्न वर्गहरुका लागि मुटु रोग, मिर्गौला, क्यान्सर, अल्जाइमर, पार्किन्सन्स, हेड इन्जुरी, स्पाइनल इन्जुरी र सिकलसेल एनिमियाको उपचार निःशुल्क छ । एक लाखसम्म मात्र उपचार सहायता दिने गरिएको छ ।

यहि फागुन १ गतेदेखि लागू हुने गरी बाथ, मुटु रोग, मुटुको भल्भ फेर्ने, शल्यक्रिया तथा औषधि उपचार सबै निःशुल्क हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित : २४ माघ २०७३, सोमबार ००:००