१४ चैत्र २०८०, बुधबार । March 27, 2024

मुख्य खबर

मधेसको विखण्डनको कुरा औचित्यहिन–उपप्रम निधि



जनकपुरधाम, २४ माघ । उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले देश मधेसको विखण्डन गर्ने कुरा अनावश्यक, अनर्गल र औचित्यहिन भएको बताएका छन् ।
सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय धनुषाको नवनिर्मित भवनको आज जनकपुरधाममा उद्घाटन गर्दै उक्त कुरा बताका हुन्।
उपप्रधानमन्त्री निधिले आन्दोलनको दुरूपयोग गरेर कसैले राष्ट्रिय अखण्डतालाई बिथोल्न खोजेमा सरकार चुप लागेर नबस्ने चेतावनी दिए ।
मधेस नेपालको हो, मधेसी भू–भाग नेपालको हो भन्ने भावनाविपरीत कसैले खण्डित गर्ने कुरा गरेमा सरकार चुप लागेर नबस्ने चेतावनी दिए।
हिमाल, पहाड र मधेस नेपालको हो भन्ने भावनाविपरीत प्रतिगमन शक्ति, उग्रवादी र उग्रवामपन्थी शक्ति उद्यत् रहेकाले सोप्रति सजग हुनु जरूरी भएको उनको धारणा थियो।
संविधान संशोधन गरी ऐतिहासिक उपलब्धिलाई संस्थागत गर्नु सबैको जिम्मेवारी भएकाले आगामी माघ ७ गतेसम्म स्थानीय, प्रदेश र सङ्घीय संसद्को निर्वाचन गरिसक्नुपर्ने खाँचो औँल्याएकाछन्।
उपप्रधानमन्त्री निधिले कमी कमजोरीलाई सच्याउँदै अगाडि बढदै जाने लोकतान्त्रिक प्रणलीको मूल चरित्र हुने भएकाले सो चरित्रलाई सबैले आत्मसात गर्नु आवश्यक भएको प्रसङ्ग पनि उल्लेख गरे।
सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राई र रूद्र बाहिनीका बाहिनीपति बाबुराम पाण्डेले नेपालको भारतसँग जोडिएको सिमानामा हुने अवैध गतिविधि, आपराधिक कार्यविरूद्ध सशस्त्र प्रहरी सक्रिय रहेको बताए।

प्रकाशित : २४ माघ २०७३, सोमबार ००:००