२१ बैशाख २०८१, शुक्रबार । May 3, 2024

मुख्य खबर

संविधान संशोधन हाम्रो प्राथमिकता उपप्रधानमन्त्री निधि



गौशाला, २४ माघ । उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले संविधान संशोधन वर्तमान सरकारको प्राथमिकता रहेको बताएका छन्।
महोत्तरीको सदरमुकाम जलेश्वरमा आज पत्रकारसँगको भेटघाटको क्रममा गृहमन्त्री निधिले संविधान संशोधनपछि मात्रै चुनाव सम्भव रहेकाले संविधान संशोधन नै हाम्रो पहिलो प्राथमिकता रहेको बताए ।
संविधान संशोधनपछि एकसाथ देशका सबै जनता र पार्टीलाई चुनावमा सहभागी हुने बाटो प्रशस्त गर्ने साथै आन्दोलनरत मधेसी मोर्चालगायतको मागसमेत सम्बोधन हुने भएकाले संविधान संशोधनपछि मात्रै चुनाव हुने ठोकुवा गरे।
गृहमन्त्री निधिले सरकार निर्वाचनको तयारीलाई पनि तीव्रता दिएको र आन्दोलनरत पक्षसहित विपक्षसँग पनि सहमतिको कुराकानी एकसाथ अघि बढाएकाले सहमति हुनेबित्तिकै चुनावको मिति पनि तोकिएर देश चुनावमा जाने निश्चित रहेको प्रष्टाए।

प्रकाशित : २४ माघ २०७३, सोमबार ००:००