२ बैशाख २०८१, आइतबार । April 14, 2024

समाचार

जलेर वृद्धको मृत्यु



इलाम, २४ माघ । इलामको चिसापानी गाविसमा गएराति आगलागी हुँदा एक वृद्धको जलेर मृत्यु भएको छ ।
चिसापानी–५ का ९८ वर्षीय जसबहादुर राईको आगलागीमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुशीलकुमार यादवले जानकारी दिए।
घरमा कोही नभएको बेला राति अचानक आगलागी हुँदा वृद्धको जलेर मृत्यु भएको हो । मृतक राईको शव परीक्षणका लागि इलाम अस्पताल ल्याइने प्रहरीले जनाएको छ ।

प्रकाशित : २४ माघ २०७३, सोमबार ००:००