१३ बैशाख २०८१, बिहिबार । April 25, 2024

मुख्य खबर

पाल्पामा १३ कुष्ठरोगी



रामपुर ९पाल्पा०, २४ माघ । पाल्पामा हाल १३ जना कुष्ठरोगका बिरामीले नियमित औषधि सेवन गरिरहेका छन् । जिल्लामा सङ्क्रमित कुष्ठरोगीमध्ये आठ जनाले प्रक्रिया पूरा गरेको पाइएको छ । यस आर्थिक वर्षमा चारजना नयाँ कुष्ठरोगका बिरामी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

जिल्लामा बर्सेनि १५÷१६ को हाराहारीमा कुष्ठरोगीका बिरामी फेला पर्ने गरेको क्षयकुष्ठ रोग अधिकृत विश्वनाथ न्यौपानेले बताए। जिल्ला सदरमुकाम तानसेन नगरपालिका, रामपुर नगरपालिका, खस्यौली, पालुङमैनादी, कसेनी, दोभान, ठिमुरे, दर्लमडाँडा, हेक्लाङ्ग लगायतका गाविसमा कुष्ठरोगका सङ्क्रमित बिरामी देखापरेको न्यौपानेले बताए ।

छाला, स्नायु तथा नशामा असर गरेपछि अङ्गभङ्ग गर्ने हँुदा सुरुमा नै स्वास्थ्य संस्थामा उपचार गर्न सङ्क्रमित बिरामीलाई स्वास्थ्यकर्मीले सल्लाह दिएका छन् । लाटोफुस्रो दाग देखिने, नशामा असर गर्ने, हातखुट्टा झमझम गर्ने लगायतका लक्षण देखापरेमा तुरुन्त स्वास्थ्य संस्थामा उपचार गर्न बिरामीलाई सुझाव दिइएको स्वास्थ्यकर्मी बताउँछन् ।

चार हजार ४६ जनालाई अपाङ्गता परिचयपत्र वितरण

महिला तथा बालबालिका कार्यालय पाल्पाले चार हजार ४६ जना अपाङ्ग व्यक्तिलाई अपाङ्गता परिचयपत्र वितरण गरेको छ । कार्यालयले एक हजार नौ सय ८६ महिला र दुई हजार ६० पुरुषलाई अपाङ्गता परिचयपत्र वितरण गरेको हो ।

‘क’ वर्गका पूर्ण अशक्त तीन सय १० जनालाई रातो, ‘ख’ वर्गका अति अशक्त एक हजार २८ जनालाई नीलो, ‘ग’ वर्गका मध्यम अशक्त एक हजार तीन सय ९७ जनालाई पहेँलो र ‘घ’ वर्गका सामान्य अशक्त एक हजार तीन सय ११ जनालाई सेतो परिचयपत्र वितरण गरिएको महिला तथा बालबालिका कार्यालयका प्रमुख तुलसा अर्यालले जानकारी दिए ।

शारीरिक, मानसिक, श्रवण, बोलाई, दृष्टिसम्बन्धी अपाङ्गता भएका व्यक्ति एवम् बहुअपाङ्गता भएका व्यक्तिलाई मात्र अपाङ्गता परिचयपत्र वितरण गरिँदै आएको छ । रासस

प्रकाशित : २४ माघ २०७३, सोमबार ००:००