१३ बैशाख २०८१, बिहिबार । April 26, 2024

ग्लोबल

इरानको क्षेप्यास्त्र परीक्षणपछि नेतन्याहुद्वारा अन्तर्राष्ट्रिय एकतामा जोड



जेरुसेलम (इजरायल), २३ माघ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हालै इरानद्वारा गरेको क्षेप्यास्त्र परीक्षणले विश्व समुदाय एक भएर इरानको भत्र्सना गर्नुपर्ने बताउनुभएको छ ।

आइतबार बेलायत भ्रमणका लागि छुट्नु पहिले सञ्चारमाध्यमसँगको कुराकानीमा इजरायली प्रधानमन्त्रीले सो आग्रह गर्नुभएको हो ।

नेतन्याहुले आफ्नो बेलायत भ्रमणका बेला बेलायती प्रधानमन्त्री थेरेसा मेसँग पनि यस विषयमा कुराकानी हुने जनाउनुभयो । आफ्नो लन्डन भ्रमण खास गरी दुई देशबीचको कूटनीतिक, सुरक्षा, आर्थिक तथा प्राविधिक सम्बन्ध विस्तारमा केन्द्रित रहने उहाँको भनाई थियो ।

नेतन्याहुले बेलायत भ्रमणका समयमा कूटनीतिक तहमा इरानको पछिल्ला दिनमा देखिएका आक्रामक गतिविधिप्रति छलफल गर्नमा लक्षित रहनेसमेत बताउनुभयो ।

इरान र इजरायलबीच लामो समयदेखि सम्बन्धमा समस्या रहँदै आएको छ ।

सन् २०१५ मा तेहरानसँग विश्व समुदायले गरेको आणविक कार्यक्रम सम्बन्धी सम्झौता गरी उसमाथिको नाकाबन्दी हटाउने विषयमा इजरायली नेता नेतन्याहुले कडा रुपमा प्रतिवाद गर्दै आउनुभएको छ ।

सम्झौताका कारण इरानले आणविक हतियार बनाउन नरोक्ने नेतन्याहुको धारणा रहँदै आएको छ ।

सम्झौतामा क्षेप्यास्त्र परीक्षणलाई पालामा सम्झौतामा गरिए पनि रोक्ने प्रावधान छैन । पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाको इरानको क्षेप्यास्त्र परीक्षण पछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही विषयमा नाकाबन्दी लगाउने निर्देशन दिनुभएको छ ।

प्रकाशित : २३ माघ २०७३, आइतबार ००:००