६ बैशाख २०८१, बिहिबार । April 18, 2024

ग्लोबल

चीनमा प्राचीन चिहान लुटेको अभियोगमा दश वर्षको जेल



सेन्याङ (चीन), २३ माघ । पूर्वी चीनको लियाओनिङ प्रान्तमा गाडिएका चिहान र अन्य बहुमूल्य सामान चोरेको आरोपमा उक्त प्रान्तको एक अदालतले कि जिङ्युलाई १० वर्ष छ महिनाको जेल सजाय तोकेको छ ।

किले सन् २०१३ को जुलाईमा हङसान सांस्कृतिक क्षेत्रमा गाडिएको चिहान र समाधिस्थलबाट प्राचीन महत्वका केही बहुमूल्य गहना तथा अन्य सामान लिएको अभियोग लगाउँदै उनीसहित तीन जनालाई जेल सजाय र करिब ६ हजार अमेरिकी डलर जरिवाना तोकिएको छ ।

कि र उनका सहयोगीले इशापूर्व ४७५ देखि २२१ को समयमा गाडिएका चिहानबाट कोदाली, पिक र जमिनभित्रको धातु पत्ता लगाउने एउटा यन्त्र (डिटेक्टर) को सहायता लिँदै चिहानबाट बहुमूल्य मुद्रा, गहनासहित पत्थर लुटेको पुष्टि भएको भन्दै अदालतले जेल तथा जरिवना तोकेको हो ।

प्रकाशित : २३ माघ २०७३, आइतबार ००:००