१० बैशाख २०८१, सोमबार । April 22, 2024

ग्लोबल

निर्वाचनमा जानुको बिकल्प छैनः नेता पौडेल



वालिङ, २३ माघ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान कार्यान्वयनका लागि छिटोभन्दा छिटो निर्वाचनमा जानुको विकल्प नभएको बताएको छ ।
वालिङ उद्योग वाणिज्य सङ्घले आयोजना गरेको छैटौँ वालिङ महोत्सवको समापन गर्दै नेता पौडेलले आगामी माघभित्र तीनवटै तहको निर्वाचन गरी देशलाई समृद्धितर्फ लैजानुपर्ने बताए। “संविधान निर्माणका क्रममा एउटै ठाउँमा उभिएका दलहरु संविधानको कार्यान्वयनका लागि पनि एकै ठाउँमा उभिएर देशलाई विद्यमान सङ्क्रमणकालबाट बचाउनु आवश्यक छ,”। मधेसमा देखिएका समस्यालाई वार्ताका माध्यमबाट समाधान गर्न सकिने उनको भनाइ थियो । मधेसीका जायज गुनासालाई सम्बोधन गरिने तर राष्ट्रियतामाथि आँच आउने गरी भने गर्न नसकिने पौडेलले बताए । उनले संविधान संसोधनका क्रममा मधेसवादी दललाई सर्तमाथि सर्तहरु अगाडि नसार्न पनि आग्रह गरे।
सो अवसरमा नेकपा एमालेका केन्द्रीय सदस्य एवम् पूर्वउद्योगमन्त्री सोमप्रसाद पाण्डेयले संविधान कार्यान्वयनमा लाग्नुपर्ने बेलामा सरकारले संविधान संशोधन भन्दै बेमौसमको बाजा बजाइरहेको आरोप लगाए। ‘हाम्रो गौरव, हाम्रो शानः वालिङ महोत्सव हाम्रो पहिचान’ नाराकासाथ यही माघ १३ गतेदेखि महोत्सव सुरु भएको थियो ।

प्रकाशित : २३ माघ २०७३, आइतबार ००:००