१४ चैत्र २०८०, बुधबार । March 27, 2024

मुख्य खबर

शिक्षामा सार्वजनिक निजी साझेदारीमा जोड



काठमाडौँ, २२ माघ । शिक्षाको गुणस्तर वृद्धिका लागि सार्वजनिक र निजी क्षेत्रबीचको सहकार्यमा जोड दिइएको छ । ‘ग्लोबल पिस फाउन्डेसन’ ९जिपिएफ० र विभिन्न संस्थाको आयोजनामा आज सुरु भएको दुईदिने शैक्षिक सम्मेलनमा एक्काइसौँ शताब्दी रोजगारमूलक शिक्षाको लक्ष्य प्राप्तिका लागि शिक्षा प्रणालीको सुधार र निजी विद्यालयका राम्रा अभ्यासलाई पनि सामुदायिक विद्यालयले पछ्याउनुपर्ने बताइयो ।

शिक्षा मन्त्रालयका उपसचिव नारायणकृष्ण श्रेष्ठले व्यावहारिक सरकारले गुणस्तर सुधारका लागि विद्यालय क्षेत्र विकास कार्यक्रम लागू गरेको तथा शिक्षा ऐन संशोधनपछिको संरचनात्मक परिवर्तनमा काम भइरहेको जनाउँदै सीपमूलक र व्यावसायिक शिक्षाका लागि निजी क्षेत्रसँग सहकार्य गर्न आफूहरु तयार रहेको बताए।

एक्काइसौँ शताब्दी अनुकूल शिक्षाका लागि शिक्षा र रोजगारबीचको खाडलको अन्त्य भन्ने लक्ष्यका साथ शिक्षा प्रणालीको सुधारमा कार्यरत करिब दुईसय सहभागी सम्मिलित छन् । सम्मेलन ग्लोबल एक्सन नेपाल, भानोदय प्रावि, वातावरण शैक्षिक केन्द्र, लुम्बिनी वल्र्ड पिस फोरम, किङ्स कलेज, कुल ल्याब र काञ्जिरोवा राष्ट्रिय माविको सहकार्यमा आयोजना भएको हो ।

आयोजक जिपिएफका कार्यकारी निर्देशक रामरोहन पन्तले शिक्षामा रुपान्तरण, नेतृत्व विकास र समृद्धिको आधार निर्माणका लागि आपसका अनुभव र अभ्यासलाई आदानप्रदान गर्न जोड दिए।

ग्लोबल एक्सन नेपालका निर्देशक विके श्रेष्ठले शिक्षाकर्मीले कक्षा कोठा र बाहिर पनि ल्याउन सक्ने परिवर्तनबारे निरन्तर वकालत गर्नुपर्ने उल्लेख गरे ।

कार्यशाला बालबालिकाले खोजेको सीप र उनीहरुलाई कसरी पूर्ण बालक बनाउने भन्नेबारेमा शिक्षाकर्मीले सिकाइ हासिल गर्न मञ्च प्रदान हुने जनाइएको छ । रासस

प्रकाशित : २२ माघ २०७३, शनिबार ००:००