७ बैशाख २०८१, शुक्रबार । April 19, 2024

ग्लोबल

थप सात लाख युक्रेनी मानवीय सहायताको खोजीमा



जेनेभा (स्वीट्जरल्याण्ड), २१ माघ । मानवीय सहयोग मामिला हेर्ने अन्तरराष्ट्रिय सङ्गठन (ओसिएचए)ले युक्रेनमा सन् २०१६ को तुलनामा थप सात लाख मानिसलाई आधारभूत मानवीय सहयोगको याचना गर्ने देखिएको शुक्रबार जनाएको छ ।

यससँगै यूक्रेनमा मानवीय सहायताको पर्खाइमा रहने नागरिकको सङ्ख्या ३८ लाख पुग्ने ओसिएचएको जेनेभास्थित कार्यालयले जनाएको हो ।

सरकार र रसिया पक्षधर विद्रोहीको द्वन्द्वग्रस्त क्षेत्रमा मानवीय सहायताको पखाईमा लाखाँै मानिस आधापेट खाएर बाँचिरहेका छन् उक्त सङ्गठनले जनाएको छ ।

राष्ट्रसङ्घका अनुसारमा युक्रेनमा सन् २०१४ को अप्रिलमा सुरु भएको द्वन्द्वका कारण १० हजार युक्रेनीको मृत्यु भएकोमा दुई हजार सर्वसधारण रहेका छन् ।

प्रभावित क्षेत्रमा सरकारी कर्मचारीद्वारा खाद्यान्न, ओषधिलगायतका सामान ढुवानीमा अवरोध पु¥याउँदा समस्याआउने गरेको बताइएको छ ।

प्रकाशित : २१ माघ २०७३, शुक्रबार ००:००