७ बैशाख २०८१, शुक्रबार । April 19, 2024

मुख्य खबर

महासङ्घको नेतृत्व लिन आह्वान



दमौली, १९ माघ । नेपाल प्रेस युनियन पश्चिमाञ्चल क्षेत्रीय समितिको आजको बैठकमा नेपाल पत्रकार महासङ्घको नेतृत्व लिन प्रेस युनियनलाई मजबुत पार्नेमा जोड दिइएको छ ।
बैठकमा सहभागी युनियनका जिल्ला अध्यक्षले प्रतिवेदनसमेत प्रस्तुत गरेका थिए । बैठकमा १४ जिल्लाका ६० भन्दा बढी पत्रकारको सहभागिता थियो । युनियनका अध्यक्ष बद्री सिग्देलले महासङ्घको नेतृत्व लिन यस पटक प्रेस युनियन गम्भीर रुपमा लाग्नुपर्ने बताए । युनियनका पूर्वअध्यक्ष तथा राष्ट्रिय समाचार समितिका अध्यक्ष कुलचन्द्र वाग्लेले युनियन बलियो भए मात्रै नेपालको पत्रकारिता बलियो हुने बताए।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल, काँग्रेस तनहुँका सभापति बैकुण्ठ न्यौपाने, युनियनका महासचिव अजयबाबु शिवाकोटी, वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, उपाध्यक्ष रमेश पौडेल, कोषाध्यक्ष सरोजराज अधिकारी, केन्द्रीय सदस्य केबी राना, क्षेत्रीय सचिव हरिश्चन्द्र ढकाल, पश्चिमाञ्चल संयोजक प्रदीप काफ्ले, तनहुँ अध्यक्ष ओमकार आचार्य, पूर्वअध्यक्ष डम्बर अधिकारी र सल्लाहकार शिव लम्साल तथा महासङ्घका पूर्वमहासचिव पोषण केसीलगायतले युनियनलाई मजबुत बनाउन सके मात्रै महासङ्घ आफूहरुको पकडमा आउने बताए।

प्रकाशित : १९ माघ २०७३, बुधबार ००:००