३० चैत्र २०८०, शुक्रबार । April 12, 2024

अर्थ

मोरङमा रु पचपन्न लाखको औषधि खरिद



उर्लाबारी मोरङ १९ माघ । निःशुुल्क औषधि वितरणका लागि जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले रु ५५ लाखको औषधि खरिद गरेको छ ।
आर्थिक वर्ष २०७३÷७४ मा तत्कालका लागि रु तीन लाखको र बाँकी औषधि टेन्डरमार्फत खरिद गरिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
कार्यालयले विराटनगरमा मङ्गलबार पत्रकार सम्मेलन गरी सोबारे जानकारी गराएको हो । जिल्लाका विभिन्न स्वास्थ्य कार्यालयका निःशुुल्क वितरण गरिने औषधि अभाव हुुन थालेपछि त्यसलाई पूरा गर्न औषधि खरिद गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका वरिष्ठ प्रशासकीय अधिकृत चन्द्रदेव मेहताले बताए । औषधि खरिद गरेलगत्तै ६७ वटा स्वास्थ्य केन्द्रमा औषधि पठाएको उनले भनाइ छ ।
औषधि पठाएपछि अहिले मोरङमा तोकिएको स्वास्थ्य संस्थामा निःशुुल्क रुपमा बिरामीले औषधि पाइरहेको सो कार्यालयले जनाएको छ ।

प्रकाशित : १९ माघ २०७३, बुधबार ००:००