८ बैशाख २०८१, शनिबार । April 20, 2024

ग्लोबल

युक्रेनी झडप मिन्स्क सम्झौताको ‘ठाडो उल्लङ्घन: ईयू



ब्रसेल्स (बेल्जियम), माघ । युरोपियन युनियन (ईयू) ले गत शनिबार यता पूर्वी युक्रेनमा रसिया पक्षधर विद्रोही र सरकारी सेनाबीच देखिएको पछिल्ला झडपका घटना मिन्स्क सम्झौताको ‘ठाडो उल्लङ्घन’ भएको मङ्गलबार एक विज्ञप्ति जारी गरी जनाएको छ ।

विद्रोही र सरकारी सेनाबीच भएको झडपबाट सम्झौताको ठाडो उल्लङ्घन भएकाले दुवै पक्ष सम्झौताप्रति प्रतिबद्ध बन्दै यसलाई तत्काल रोक्न जरुरी छ, विज्ञप्तिमा बताइएको छ ।

पछिल्ला केही दिन यता अभडाइभका क्षेत्रमा भएका झडपमा सम्झौता विपरित प्रतिबन्धित हतियारको व्यापक प्रयोग गरिएको र ठूलो सङ्ख्यामा मानवीय क्षति भएको जनाउँदै ईयू विदेश मामिला विभागले जारी गरेको विज्ञप्तिमा मिन्स्क सम्झौताको पालना गर्न द्वन्द्वरत पक्षलाई आग्रह गरिएको हो ।

आइतबार र सोमबार भएका झडपमा ११ जनाको ज्यान जानुका साथै दर्जनौँ मानिस घाइते भएका थिए ।

प्रकाशित : १८ माघ २०७३, मंगलबार ००:००