१४ बैशाख २०८१, शुक्रबार । April 26, 2024

मुख्य खबर

उपप्रधानमन्त्री निधि र बेलायतका राजदूत भेटवार्ता



काठमाडौँ, १८ माघ । उपप्रधानमन्त्री विमलेन्द्र निधिसँग नेपालका लागि बेलायतका राजदूत रिचर्ड मरिसले भेटवार्ता गरेका छन् ।
गृह मन्त्रालयमा आज दिउँसो भएको भेटमा उपप्रधानमन्त्री निधि र राजदूत रिचर्डबीच दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको गृहमन्त्री निधिका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए।
सो भेटमा नेपाल र बेलायतबीचको आर्थिक, सामाजिक र राजनीतिक सम्बन्ध प्राचीनकालदेखि नै रहेको उल्लेख गर्दै गृहमन्त्री निधिले बेलायतले लामो समयदेखि नेपालको विकास निर्माणमा गरेको सहयोगका लागि धन्यवाद दिएको दाहालले जानकारी दिए।
सो अवसरमा राजदूत रिचर्डले आगामी दिनमा दुई देशबीच आपसी सहयोग र मित्रता बढ्दै जाने विश्वास व्यक्त गरे।

प्रकाशित : १८ माघ २०७३, मंगलबार ००:००