१० बैशाख २०८१, सोमबार । April 22, 2024

मुख्य खबर

घुस लिएको आरोपमा पक्राउ



इटहरी, १८ माघ । यातायात व्यवस्था कार्यालय कोसी, चालक अनुमतिपत्र कार्यालय इटहरीका लेखापाल भूपेन्द्र कटवाललाई आज बिहान अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय इटहरीको टोलीले सेवाग्राहीबाट घुस लिँदालिँदैको अभियोगमा पक्राउ गरेको छ ।
चारपाङ्ग्रे सवारी साधनको अनुमतिपत्र बनाइदिन्छु भन्दै दुई सेवाग्राहीबाट रु ४० हजार घुस लिएको भनिएका लेखापाल कटवाललाई बिहान कार्यालय नजिकैको चिया पसलबाट पक्राउ गरिएको हो । कटवालले सेवाग्राही इटहरी–२४ का भूपेन्द्र कटवालसँग रु २० हजार र सङ्खुवासभा तामाफुक गाविसका दीपक थापासँग घुस माग गरेको पीडितले बताएका छन् ।
आयोगका प्रहरी निरीक्षक ओमप्रकाश खनालको नेतृत्वमा आएको टोलीले उनलाई नगदसहित पक्राउ गरेर आवश्यक कानुनी कारबाहीका लागि नियन्त्रणमा लिएको छ ।

प्रकाशित : १८ माघ २०७३, मंगलबार ००:००