८ बैशाख २०८१, शनिबार । April 20, 2024

मुख्य खबर

उपचार नपाएर क्यान्सरबाट मृत्यु



रुकुम, १८ माघ । क्यान्सर रोगका कारण रुकुममा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको भलाक्चा–४ कि ४० वर्षीया धनमाया बुढाको क्यान्सरका कारण मृत्यु भएको आफन्तले जानकारी दिएका छन् । दुई महिनादेखि पेटको क्यान्सरबाट पीडित भएकी बुढाको आइतबार साँझ मृत्यु भएको हो ।

आर्थिक अभाव हुँदा पेटमा क्यान्सर भएपनि उहाँको उपचार हुन सकेको थिएन । उपचार गराउने पैसा नभएपछि आफन्तले गाउँमा धामीझाँक्री लगाएको मृतकका श्रीमान् देवीराम बुढाले जानकारी दिए।

उपचारको लागि सहयोग माग्दै जिल्लाका सबै ठाउँमा पुगेपनि कसैले सहयोग नगर्दा श्रीमतीको मृत्यु भएको देवीरामले गरे।

देविराम पनि अहिले प्यारालाइसिसबाट पीडित हुनुहुन्छ । आमाको मृत्यु र बुबा प्यारालाइसिसबाट पीडित भएपछि उहाँका चार छोराछोरी बिचल्लीमा परेका छन् ।

प्रकाशित : १८ माघ २०७३, मंगलबार ००:००