११ बैशाख २०८१, मंगलबार । April 23, 2024

मुख्य खबर

भण्डारीद्वारा मुसहर बस्तीमा श्रमदान गर्न अपिल



बर्दिवास, १८ माघ । राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारीले महोत्तरीको बर्दिवास–२ मा निर्माण भइरहेको एकीकृत नमुना मुसहर बस्तीमा श्रमदान गर्न आम समुदायसँग अपिल गरेका छन्।
राजनीतिक कामको सिलसिलामा गृह जिल्ला महोत्तरी पुगेका अध्यक्ष भण्डारीले सोमबार औरहीस्थित आफ्नै निवासमा सञ्चारकर्मीसँगको कुराकानीमा राष्ट्रिय एकतालाई बल पु¥याउने धुर्मुस–सुन्तलीको बस्ती बनाउने अभियानलाई सघाउन जनश्रमदानका लागि सार्वजनिक अपिल गरेका हुन्।
धुर्मुस–सुन्तलीले काभ्रेपलाञ्चोक जिल्लाको पहरी बस्ती तथा सिन्धुपाल्चोकको गिरानचौर बस्ती निर्माणको काम सकेर महोत्तरीको बर्दिवासस्थित मुसहर बस्तीमा झर्नुले हिमाल, पहाड र तराईबीच एकताको सन्देस दिएको अध्यक्ष भण्डारीको भनाइ छ ।
अझ महोत्तरीको कामका लागि सबै अवसरबाट पछि परेका मुसहर समुदायको बस्ती छान्नु सबै क्षेत्र, भाषाभाषी र समुदायप्रतिको सम्मानका रुपमा ग्रहण गरिनुपर्ने अध्यक्ष भण्डारीले बताए।
राम्रो काममा सहयोग जुटाउनु गर्नेलाई प्रोत्साहन र लक्षित वर्गलाई फाइदा हुने भएकाले सबैले सकेको सहयोग धुर्मुस–सुन्तली फाउन्डेसनलाई सहयोग गर्नुपर्ने अध्यक्ष भण्डारीको अपिल छ ।
“हाम्रो पार्टीको महोत्तरी जिल्ला शाखाले पार्टीका सबै समितिमा आबद्ध सदस्यहरुलाई एक दिन एकीकृत नमुना मुसहर बस्ती निर्माण कार्यमा श्रमदान गर्नुपर्ने निर्णय गरेका छौँ” अध्यक्ष भण्डारीले भने–, “धन हुनेले धनबाट, मन हुनेले मनबाट र सिप हुनेले श्रमबाट बस्ति निर्माणमा सहयोग गरौँ ।”
फागुन पहिलो साताभित्रै आफ्नो श्रमदान गर्ने टोली एकीकृत नमुना मुसहर बस्तीको परियोजनास्थल पुग्ने भण्डारीले जानकारी दिए।
यसैबीच, बस्ती निर्माण भइरहेको परियोजना स्थलमा सोमबार न्यानो स्पर्स संस्था र बर्दिवासस्थित जनसेवा अस्पतालले बस्ती निर्माणमा जुटेको जनशक्तिलाई भइपरि आउने प्राथमिक उपचारमा आवश्यक पर्ने औषधि प्रदान गरेका छन् । परियोजनास्थलमा विभिन्न क्षेत्रका व्यक्तित्व आउनु भई सहयोग पु¥याई रहनुभएको फाउन्डेसनका परियोजना प्रबन्धक अर्जुन न्यौपानेले जानकारी दिए।
फाउन्डेसनले ५० परिवार मुसहरका लागि नमुना बस्ती निर्माण गरेर आउने नयाँ वर्षका दिन हस्तान्तरण गर्ने यसअघि नै जनाइसकेको छ ।

प्रकाशित : १८ माघ २०७३, मंगलबार ००:००