१३ बैशाख २०८१, बिहिबार । April 25, 2024

समाचार

बैदेशिक रोजगारीमा रहेका युवाहरुद्वारा क्यान्सर पीडितलाई सहयोग



बैदेशिक रोजगारीमा रहेका युवाहरुले क्यान्सर पीडित एक युवतीका लागि आर्थिक सहयोग संकलन गरी पठाएका छन् । मलेशियामा रहेका ओयामका–४ का आइतराज बेघा लगायतका तीन दर्जन बढी युवाहरुले पीडित ओयाम ४ की सोना योङयाको उपचारार्थ आर्थिक संकलन गरी पठाएका हुन् ।
क्यान्सर पीडतका लागि उपचारार्थ संकलन गरी पठाएको १ लाख ५१ ह्जार ८ सय ५३ रुपैयाँ सोमबार रामप्रकाश समथिङ्ग फाउण्डेशनले एक कार्यक्रमको आयोजना गरी पीडितको अभिभावकलाई हस्तान्तरण गरिएको फाउण्डेशनका अध्यक्ष मंगल बेघाले जानकारी दिए ।
पीडितको अहिले उपचार भइरहेको परिवारले जनाएको छ । परिवारको आर्थिक अवस्था कमजोर रहेका कारण छोरीको उपचारको लागि थप सहयोगको यचना गरिएको जनाइको छ ।

प्रकाशित : १८ माघ २०७३, मंगलबार ००:००