११ चैत्र २०८०, आइतबार । March 24, 2024

ग्लोबल

नेपाल–भारत द्विदेशीय परियोजनाको प्रगति समीक्षा



काठमाडौँ, १७ माघ । नेपाल–भारत प्रबन्ध निरीक्षण निगरानी संयन्त्रको संयुक्त दोस्रो बैठकले दुई देशबीचका आर्थिक र विकास परियोजनाको प्रगति समीक्षा गरेको छ ।

परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी र नेपालका लागि भारतीय राजदूत रणजित रायले नेतृत्व गर्नुभएको सो बैठकमा सीमा वारपार रेल्वे परियोजना, एकीकृत सुरक्षा जाँच, सीमा वारपार विद्युत् प्रसारण लाइन र अरुण तेस्रो परियोजनाका विषयमा छलफल भएको थियो । यसैगरी माथिल्लो कर्णाली जलविद्युत् परियोजना, पञ्चेश्वर बहुउद्देश्यीय परियोजना, हुलाकी सडक र पुनःनिर्माणका विषयमा पनि द्विपक्षीय वार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

दुवै पक्षले चालु परियोजनाको प्रगतिमा सन्तोष व्यक्त गर्दै समयमै परियोजना सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को औपचारिक भारत भ्रमणका क्रममा समयमै परियोजना सम्पन्न गराउन सो संयन्त्र गठन गरिएको थियो । रासस

प्रकाशित : १७ माघ २०७३, सोमबार ००:००