१४ बैशाख २०८१, शुक्रबार । April 26, 2024

अर्थ

सेयर बजारमा ६५ अङ्कले घट्यो



काठमाडौँ, १७ माघ । बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढेपछि सेयर बजारमा त्यसको प्रत्यक्ष असर देखिएको छ ।
निरन्तर ओरालो लागेको नेप्से आज ६५.४४ अङ्कले तल झरेर एक हजार ३०९.७० अङ्कमा आइपुगेको छ । आज एक हजार ३७५.४७ अङ्कमा बजार खुलेको थियो ।
आज सबैभन्दा धेरै बिमा समूहका लगानीकर्ताले गुमाएको नेप्सेले उल्लेख गरेको छ । बिमा उपसूचक ८.७ प्रतिशतले घटेको छ । बिमापछि होटल उपसूचक ७.२४, फाइनान्स ५.४८ र बैंकिङ ४.६३ प्रतिशतले घटेका छन् । विकास बैंक, जलविद्युत् र अन्य उपसूचकमा पनि ठूलै कमी आएको छ ।

प्रकाशित : १७ माघ २०७३, सोमबार ००:००