१० बैशाख २०८१, सोमबार । April 22, 2024

मुख्य खबर

अनिश्चितकालीन यातायात बन्द



भोजपुर, १७ माघ । स्थानीय तहको पुनःसंरचनामा आफूहरुको माग पूरा नभएको भन्दै भोजपुरमा दुई दिनयता अनिश्चितकालीन यातायात बन्द भएको छ ।
यसअघि छुट्टै गाउँपालिकाको माग गर्दै पटकपटक आन्दोलन गरिरहेका संयुक्त गाउँपालिका समन्वय समिति इलाका नं ८ र ९ ले स्थानीय तह पुनःसंरचना आयोगसँग भएको सहमतिसमेत कार्यान्वयन नभएकाले अन्तिम विकल्पका रुपमा बन्दको घोषणा गरिएको संयुक्त गाउँपालिका समन्वय समितिका संयोजक हर्कराज राईले बताए।
बन्दपछि सो क्षेत्रमा पर्ने मध्यपहाडी लोकमार्गमा सवारी साधन चल्न सकेका छैनन् । सो क्षेत्र हुँदै खोटाङ जाने बस चल्न नसकेको संयुक्त बस व्यवसायी सङ्घले जनाएको छ । अनिश्चिकालीन बन्दका कारण यात्रु मारमा परेका छन् ।

प्रकाशित : १७ माघ २०७३, सोमबार ००:००