२३ मंसिर २०८१, आइतबार । December 8, 2024

ग्लोबल

यमनमा अमेरिकी सैन्य कारबाहीमा सन्ताउन्न जनाको मृत्यु



एडेन (यमन) । अमेरिकाद्वारा राष्ट्रपति डोनाल्ड ट्रम्पको आवागमनपछि यमनमा भएको पहिलो आक्रमणमा मुलुकको मध्य क्षेत्रमा अवस्थित यक्ला जिल्लामो कम्तीमा ४१ जना सङ्कास्पद अलकायदा लडाकू र १६ जना सर्वसाधारणको मृत्यु भएको यहाँका अधिकारीले बताएका छन् ।

यक्लामा भएको उक्त आक्रमणमा निर्दोष आठ बालबालिका, आठ महिलाको समेत मृत्यु भएको आफ्नो ना गोप्य राख्ने सर्तमा स्थानीय एक सरकारी अधिकारीले बताए ।

उक्त क्षेत्रबाट प्राप्त जानकारी अनुसार सैन्य कारबाही वाइदा प्रान्तका अलकायदा आबद्ध तीन कमाण्डर र तीनका घरमा लक्षित गरिएको भएपनि हेलिकोप्टरबाट गरिएको सैन्य कारबाहीका क्रममा स्थानीय विद्यालय, मस्जित र स्वास्थ्य केन्द्रमा रहेका मानिस पनि प्रभावित भएका बताइएको छ ।

स्थानीय स्रोतका अनुसार कारबाही अमेरिकी कमाण्डो बलद्वारा सञ्चालन गरिएको थियो ।

आक्रमणमा उक्त इलाकाका अलकायदाका तीन महत्वपूर्ण कमाण्डारको पनि मृत्यु भएको छ । अधिकारीले घटनामा अबु वारजन भनिने एक विदेशी अलकायदा कमाण्डरको पनि मृत्यु भएको बताइएको छ ।

यसैबीच अमेरिकी सेनाले यमनको कारबाहीमा आफ्नो एक जना सिपाहीको मृत्यु भएको र तीन जना घाइते भएका बताइएको छ ।

प्रकाशित : १७ माघ २०७३, सोमबार ००:००