१२ बैशाख २०८१, बुधबार । April 25, 2024

मुख्य खबर

दलहरुबीच सहमतिको विकल्प छैन ः महामन्त्री कोइराला



नवलपरासी, १७ माघ । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले संविधान कार्यान्वयनका लागि दलहरुबीच सहमतिको विकल्प नभएको बताएका छन्।

सहिद दिवसका अवसरमा आइतबार नवलपरासीमा नेपाली काँग्रेस गैँडाकोट नगर समितिद्वारा आयोजित कार्यक्रममा महामन्त्री डा कोइरालाले यस्तो विचार राखेका हुन ।
उहाँले मुलुक अझै पनि संविधान कार्यान्वयनको दिशामा अघि बढ्न नसकेकोप्रति चिन्ता व्यक्त गर्दै वर्तमान सङ्कटको निकास खोज्न सबै दलबीच सहमति हुनुपर्ने विचार राखे।
उहाँले संविधान जारी गर्दा एक ठाउँमा उभिएका तीन शीर्ष दल संविधान संशोधनमा पनि एकै ठाउँमा उभिनु आजको आवश्यकता भएकाले एमालेलाई साथमा लिएर संविधान संशोधन गर्नुपर्छ भने ।

नवलपरासी निर्वाचन क्षेत्र नं १ का सांसद समेत रहेका डा कोइरालाले सहिदले देखाएको बाटोमा अघि बढ्न सके मात्रै मुलुकले सही निकास पाउने बताए।

प्रकाशित : १७ माघ २०७३, सोमबार ००:००