१३ बैशाख २०८१, बिहिबार । April 25, 2024

मुख्य खबर

लोकतन्त्र र अग्रगमन सहिदका बलिदानको परिणाम: राष्ट्रपति भण्डारी



काठमाडौँ, १६ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतन्त्र र अग्रगमन महान् सहिदका त्याग तथा बलिदानको परिणाम हुन् भन्दै उनीले राष्ट्रनिर्माणको महायज्ञमा स्वतः समाहित हुने प्रेरणा प्रदान गरेको बताएकी छिन् ।

सहिद दिवसका अवसरमा आज दिनुभएको सन्देशमा राष्ट्रपतिले आदरणीय ज्ञात–अज्ञात सहिदका सपना साकार पार्न यो दिवसले प्रेरित गर्न सकोस् भन्ने शुभकामना व्यक्त गरे।

सन्देशमा उहाँले वीर, अमर, त्यागी र भविष्यद्रष्टा सहिदहरूको बलिदानबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै देशमा राजनीतिक सहमतिमार्फत शान्ति, विकास गर्न सकेमा मात्र सहिदहरूप्रतिको सच्चा सम्मान र श्रद्धाञ्जलि हुने भएकाले त्यसतर्फ हामी सबै नेपाली एकताबद्ध भएर मन, वचन र कर्मले लाग्न जरुरी भएको बताए ।

राष्ट्र, राष्ट्रियता, स्वतन्त्रता एवम् मानवअधिकारको रक्षाका लागि आफ्नो जीवन उत्सर्ग गर्ने महान् सहिदहरू शुक्रराज शास्त्री, गङ्गालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चन्द र नेपाली माटोले जन्माएका सम्पूर्ण ज्ञात–अज्ञात सहिदहरूप्रति राष्ट्रपतिले भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेकी छिन् ।रासस

प्रकाशित : १५ माघ २०७३, शनिबार ००:००