११ चैत्र २०८०, आइतबार । March 24, 2024

मुख्य खबर

हिउँ पन्छाएपछि यातायत सञ्चालनमा



हेटौँडा, १५ माघ । त्रिभुवन राजपथको सिमभञ्ज्याङ, अघोर र दामनमा आज बिहान परेको हिमपातपछि हेटौँडा–काठमाडाँैबीचको अवरुद्ध भएको यातायात अपराह्नपछि सञ्चालनमा आएको छ ।
करिब ६ इन्च बाक्लो हिउँ परेपछि बिहानदेखि बाटो अवरुद्ध भएको थियो । मध्यमाञ्चल क्षेत्रीय सडक डिभिजन कार्यालबाट लगिएको डोजरद्वारा दिनभर हिउँ पन्छाइएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद शर्माले जानकारी दिए।
बाटो अवरुद्ध भएपछि सयौँ सवारी साधान सिमभञ्ज्याङ र अघोरमा रोकिएका थिए । सिमभञ्ज्याङमा हिउँ परेपछि हेटौँडा तथा काठमाडौँबाट हिउँको दृश्य हेर्न दिनभर सर्वसाधारणको भीड लागेको थियो ।

प्रकाशित : १५ माघ २०७३, शनिबार ००:००