१४ चैत्र २०८०, बुधबार । March 27, 2024

Uncategorized

निर्वाचनको जिम्मेवारीलाई बेलैमा पूरा गरौँ सभामुख : घर्ती



लेटाङ मोरङ, १५ माघ । सभामुख ओनसरी घर्तीले विगतका आन्दोलनले स्थापित गरेका हक अधिकारलाई संस्थागत गर्न राजनीतिक दलले निर्वाचनको जिम्मेवारीलाई बेलैमा पूरा गर्नुपर्ने बताएकी छिन्।
नेपाल मगर विद्यार्थी सङ्घको नवौँ राष्ट्रिय महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै घर्तीले अधिकार प्राप्तिसँग सम्बन्धित गुनासा र असन्तुष्टिहरुलाई सहमतिका आधारमा संवैधानिक तवरले सम्बोधन गर्न सुझाव दिए।
नेपाली जनताका हक अधिकारसँग जोडिएका प्रावधानलाई कार्यान्वयन गराउन चनाखोका साथ राजनीतिक दलका नेतालाई घच्घच्याउन आवश्यक रहेको बताउँदै घर्तिले सामाजिक संस्कार र संस्कृतिले भरिपूर्ण नेपाललाई संविधान कार्यान्वयन गरेर अझ सुन्दर बनाउनु पर्ने त्यसका लागि सवै एक जुट हुनु पर्ने आवश्यक्ता औंल्याइन्।
“संविधानले पहिलोपटक महिलाका विशेषाधिकार संरक्षण गरेको हुनाले देशमा ‘छोरीले जितेका’ छन्”–उनले भने । नेपाल सांस्कृतिक तथा भाषिक हिसाबले धनी भएको हुनाले पर्यटनको सम्भावना पनि निकै बोकेको धारणा राख्दै हाम्रा सबै श्रम, पसिना देशको विकास र हितका लागि खर्चनुपर्नेमा जोड दिइन्।
सङ्घका अध्यक्ष दीपा आलेले नवौँ महाधिवेशनमा मुलुकका ६२ जिल्लाबाट ४०० प्रतिनिधिले भाग लिएको जानकारी दिए । महासचिव गोमबहादुर रानाले तीन दिनसम्म चल्ने अधिवेशनले ६९ सदस्यीय नयाँ कार्यसमितिको चयन गर्ने बताउए।
अधिकारसम्पन्न एकीकृत मगरात स्वायत्त प्रदेश प्राप्तिका लागि साझा आन्दोलनः वैज्ञानिक, व्यवहारिक र सङ्घीय शिक्षा प्रणालीको पक्षमा नवौँ राष्ट्रिय महाधिवेशन’ मूल नारा रहेको महाधिवेशनबाट चयन भएको नयाँ कार्यसमितिले दुई वर्ष सङ्गठन हाँक्नेछ ।
उद्घाटन समारोह अघि मगर समुदायको वेशभूषा, रहनसहन र संस्कृति झल्कने झाँकी सहितको ¥यालीले नगर परिक्रमा गरेको थियो । सभामुख घर्तीले समारोहमा सांसद् डिकबहादुर लिम्बूलाई सम्मान गरिन्।

प्रकाशित : १५ माघ २०७३, शनिबार ००:००