१४ बैशाख २०८१, शुक्रबार । April 26, 2024

मुख्य खबर

सरकार निर्वाचनबाट भाग्न खोजेको छ– उपनेता नेम्वाङ



विराटनगर, १५ माघ । नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले सरकारले निर्वाचन गर्न नचाहेको आरोप लगाएका छन्।
विराटनगर विमानस्थलमा आज पत्रकारहरुसँग कुराकानी गर्दै नेम्वाङले सोही कारण निर्वाचनसम्बन्धी विधेयक संसदमा पेस गर्न सरकारले आलटाल गरिरहेको आरोप लगाए।
सरकारले निर्वाचनको सम्बन्धमा सार्वजनिक प्रतिबद्धता जनाएको भएपनि उहाँले निर्वाचनसम्बन्धी दुईवटा विधेयक ल्याएको भनेर जनतालाई भ्रमित गर्न खोजेको धारणा प्रकट गरे। पुनःसंरचना आयोगले बुझाएको प्रतिवेदनलाई कार्यान्वयन गर्नुपर्नेमा सो नगर्ने काम संविधानविपरीत भएको भन्दै उनले सरकारले जिम्मेवारी वहन नगरी निर्वाचनबाट भाग्न खोजेको आरोप लगा ।
२०७४ माघभित्र तीनवटै तहको निर्वाचन हुनुपर्ने उल्लेख गर्दै निर्वाचनको वातावरण विगार्न संविधान संशोधनको विधेयक सरकारले ल्याएको नेम्वबङको कथन थियो।
असन्तुष्ट पक्षसँग सम्वाद गर्ने पक्ष राम्रो भएपनि कसैको चित्त नबुझेको बहानामा निर्वाचनलाई रोक्नु नहुने नेम्वाङको भनाई थियो

प्रकाशित : १५ माघ २०७३, शनिबार ००:००