१२ बैशाख २०८१, बुधबार । April 24, 2024

मुख्य खबर

नक्कली कागजात बनाई विदेश पठाउने पक्राउ



काठमाडौँ, १४ माघ । आर्थिक अवस्था कमजोर भएका महिलालाई राम्रो काममा युनाइटेड अरब इमिरेट्स९युएई० लगायत खाडीका विभिन्न देश पठाइदिन्छु भनी प्रलोभनमा पारी नक्कली कागजात बनाई विदेश पठाउने गिरोहका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बूढानीलकण्ठ नगरपालिका कपन बस्ने एक्सिस ओभरसिज गौशालाका सञ्चालक सुदर्शन खड्काले नक्कली कागजात बनाई युएई पठाउन लागेको भेटिएपछि थप दुईलाई प्रहरीले पक्राउ गरेको हो ।

खड्काले सुनसरी हासपोसा गाविस स्थायी ठेगाना घर भई हाल ओख्तुहाङग टुर एन्ड ट्राभल्सका सञ्चालक जीवन जिमी राई र निजको कर्मचारी कृष्ण वाग्लेसँग मिली एक पीडित महिलाको विवाह दर्ता तथा नाता प्रमाणित नक्कली बनाई बेचबिखन गर्ने उद्देश्यले विदेश लैजान लागेको प्रहरीले जनाएको छ ।

सो टुर एन्ड ट्राभल्समा खानतलासी गर्दा कम्प्युटरमा विभिन्न सरकारी कार्यालयको लोगो तथा कागजात फेलापरेको थियो । सरकारी कार्यालयको कागजात तथा दस्तखत कीर्ते गरी मानव बेचबिखन गरेको कसुरमा कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडाँै पठाइएको महाशाखाले जनाएको छ ।

प्रकाशित : १४ माघ २०७३, शुक्रबार ००:००