१६ चैत्र २०८०, शुक्रबार । March 29, 2024

ग्लोबल

पुटीन र ट्रम्पबीच वार्ता हुने



 

मस्को, १४ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपति पदमा सपथग्रहण गरेपछि पहिलो पटक रुसका राष्ट्रपति भ्लादिमिर पुटीन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच शनिबार टेलिफोन वार्ता हुने सम्भावना रहेको क्रेमलिनले जानकारी दिएको छ

यद्यपी रिया नोभोस्ती समाचार सेवाले शुक्रबार क्रेमलिनका प्रवक्ता डिमित्रि पेस्कोभ यी दुई नेताबीच शनिबार टेलिफोन वार्ता हुनसक्ने हो भनि सोधिएको प्रश्नमा उनले हो भन्ने जावाफ दिएको।सीएनएनले जानकारी दिएको छ ।

वार्ता भएमा गत जनवरी २० मा ट्रम्पले राष्ट्रपतिको सपथग्रहण गरेपछि उहाँहरुकीचको पहिलो वार्ता हुने उनले बताए ।
उहाँहरुकाबीचमा यसअघि अमेरिकाको राष्ट्रपतीय निर्वाचनको प्रचारप्रसारको बेलामा पनि टेलिफोन वार्ता भएको थियो ।

सो वार्ताका क्रममा उहाँहरुकाबीचमा अमेरिका र रुसको सम्वन्धलाई समान्य बनाउने बारेमा सहमति भएको थियो ।

प्रकाशित : १४ माघ २०७३, शुक्रबार ००:००