८ बैशाख २०८१, शनिबार । April 20, 2024

ग्लोबल

नेतन्याहूलाई भ्रष्टाचारको आशङ्कामा तेस्रो पटक सोधपुछ



 

जेरुसेलम, १४ माघ । इजरायली प्रहरीले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको जेरुसेलमस्थित निवासमा पुगी पदीय मर्यादा विपरित धनाड्य समर्थकबाट उपहार लिएको र भ्रष्टाचार गरेको आशङ्कामा तेस्रो पटक सोधपुछ गरेको स्थानीय सञ्चारमाध्यमले शुक्रबार जनाएका छन् ।

प्रहरीले प्रधानमन्त्रीसँग करिब चार घण्टा सोधपुछ गरेको स्थानीय एक रेडियोले जनाएको छ । उक्त रेडियोले नेतन्याहूमाथि प्रहरीले आगामी हप्ताको मध्यतिर पुनः एक पटक सोधपुछ गर्नसक्ने प्रहरीले बताएको जनाएको छ ।

यस विषयमा इजरायली प्रहरी प्रवक्तासँर्ग सम्पर्क गर्दा प्रतिक्रियाका लागि उपस्थित भएका थिए ।

स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार नेतन्याहूले एक इजरायली व्यवसायी र हलिउड निर्माता अर्नोन मिल्चानबाट लाखौँ अमेरिकी डलर बराबरको महङ्गा चुरोट लिने गरेको बताइएपछि यस सम्बन्धमा प्रहरीले छानबिन गरिरहेको छ । मिल्चान नेतन्याहूका पुराना साथी भएको र साथीबाट उपहार लिनु कुनै अपराध नहुने प्रधानमन्त्रीले बताउदै आएका छन्।
मिल्चानले प्रधानमन्त्री पत्नी सारालाई ‘पिङ्क वाइन’ लिएको भनी लागेको आरोपमा समेत प्रधानमन्त्रीसँग छानबिन भइरहेको छ ।

यस सम्बन्धमा प्रधानमन्त्रीले इजरायली संसदमा स्पष्टीकरण समेत दिनुभएको थियो । गत बुधबार संसदमा आफूबारे उठाइएको आशङ्काका सम्बन्धमा बोल्दै “साथीबाट उपहार लिन सकिने भन्दै आफूले कुनै अपराध नगरेको” बताएका थिए।

यस विषयमा विपक्षीद्वारा अनावश्यक हल्ला गरेर आफ्नो राजनीतिक प्रभावमाथि बदनाम गराउन खोजेको बताउँदै आउनुभएको छ ।

प्रकाशित : १४ माघ २०७३, शुक्रबार ००:००