१० चैत्र २०८०, शनिबार । March 24, 2024

मुख्य खबर

दुर्घटनामा दुईको मृत्यु



नवलपरासी, १४ माघ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दुम्किबासमा आज भएको दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिम आउँदै गरेको लु १ ज २६७५ नम्बरको भ्यान र विपरीत दिशाबाट जाँदै गरेको लु २० प ६३६७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा परी मोटरसाइकल चालक र मोटरसाइकलको पछाडि बस्ने दुवैजनाको घटनास्थलमै मत्यु भएको प्रहरीले जनाएको छ । उनीहरुको सनाखत हुन बाँकी छ

प्रकाशित : १४ माघ २०७३, शुक्रबार ००:००