५ श्रावण २०८१, शनिबार । July 21, 2024

मुख्य खबर

नयाँ संरचनाअनुसार स्थानीय तहको निर्वाचन नेता बडू



बैतडी, १४ माघ । नयाँ संरचनाअनुसार स्थानीय तहको निर्वाचन आवश्यक रहेको नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले बताएका छन ।
आज बैतडीको पाटनमा पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा उनले स्थानीय तहको निर्वाचन भएमात्रै देशमा देखिएको सङ्क्रमणकालीन राजनीति अन्त्य हुने बताएयो ।
नेपाली काँग्रेस जहिले पनि निर्वाचनको पक्षमा छ उनले भने“विवाद भएको ठाउँमा सबैले मिलेर विवाद अन्त्य गर्नुपर्छ ।” अहिलेसम्मका सबै परिवर्तन काँग्रेसको नेतृत्वमा भएको भन्दै संविधान कार्यान्वयन पनि काँग्रेसकै नेतृत्वमा हुने दाबी गरे।

प्रकाशित : १४ माघ २०७३, शुक्रबार ००:००