७ बैशाख २०८१, शुक्रबार । April 19, 2024

खेलकुद

मीराले जितिन् : साहसी वर्ष व्यक्ति



Mira Raiकाठमाडौँ, १४ माघ । नेपाली अल्ट्रा म्याराथन धावक मीरा राई विश्वकै साहसी वर्ष व्यक्ति घोषित भएकी छिन् ।

नेसनल जोग्राफीले राईलाई एड्भेन्चर अफ द इयर २०१७ घोषणा गरेको छ । उक्त प्रतियोगितामा विश्वभरका १० जनालाई पछि पार्दै धावक राई साहसी व्यक्ति हुन सफल हुनुभएको हो ।
विश्वप्रसिद्ध टेलिभिजनले अन्वेषण, साहसिक खेल, संरक्षण तथा मानवीय क्षेत्रमा काम गर्ने उत्कृष्ट व्यक्तिमध्येबाट यस्तो प्रतिस्पर्धा गराउँदै आएको छ । नेसनल जोग्राफीको वेभसाइटमा प्राप्त भोटका आधारमा उनलाई छनोट गरिएको थियो ।
भोजपुरमा जन्मिएका २९ वर्षीया राई निरन्तर अल्ट्रा धावकका रुपमा अन्तर्राष्ट्रिय प्रतियोगितमा सहभागी हुँदै आएका छन् । माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वमा होमिएकी राई लडाकु प्रमाणिकरणमा अयोग्य ठहरिएकी थिइन । त्यसपछि निरन्तर खेल क्षेत्रमा लागि परेकी छिन् ।

प्रकाशित : १४ माघ २०७३, शुक्रबार ००:००