८ बैशाख २०८१, शनिबार । April 20, 2024

समाचार

महावाणिज्य दूतावासद्वारा एम्बुलेन्स र स्कुल बस वितरण



पर्सा, १३ माघ । भारतको ६८ औँ गणतन्त्र दिवसको अवसरमा भारतीय महावाणिज्य दूतावास वीरगन्जले विभिन्न सङ्घसंस्थालाई एम्बुलेन्स र स्कुल बस प्रदान गरेको छ ।
महावाणिज्य दूतावासले आज यहाँ आयोजना गरेको कार्यक्रममा दुईवटा एम्बुलेन्स र दुईवटा स्कुल बस सहयोग स्वरुप प्रदान गरेको हो ।
जानकी मेडिकल कलेज जनकपुर र नेपाल रेडक्रस सोसाइटी पथरैया सर्लाहीलाई एक÷एक वटा एम्बुलेन्स तथा झमकेश्वरी सेकेन्डरी स्कुल पालुङ मकवानपुर र जनकपुर नर्सिङ क्याम्पस धनुषालाई एउटा÷एउटा स्कुल बस प्रदान गरिएको हो ।
कार्यक्रममा महावाणिज्य दूत वैष्णौचरण प्रधानले सम्बन्धित संस्थालाई एम्बुलेन्स र स्कुल बसको साँचो हस्तान्तरण गरे।

प्रकाशित : १३ माघ २०७३, बिहिबार ००:००