११ चैत्र २०८०, आइतबार । March 24, 2024

अर्थ

सेयर बजार दोहोरो अङ्कको गिरावट



काठमाडौँ, १३ माघ । धितोपत्र बजारमा आजको नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ ।
लगातार ओरालो लाग्दै आएको बजार आज थप ओर्लिएर एक हजार ३ सय ७५ बिन्दुमा आइपुगेको छ । क वर्गका कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ इन्डेक्स समेत १ सय ५६ बिन्दुले घटेको छ । कुल १० लाख ४५ हजार ४सय ४९ कित्ता सेयर रु ५१ करोड ५७ लाख ८० हजार ४ सय ६२ मा खरिद बिक्री भएको नेपाल स्टक एक्चेन्जले जनाएको छ ।
स्टकका अनुसार बैंकिङ १ सय ७५, होटल ३१, विकास बैंक १ सय २८, जलविद्युत् २, फाइनान्स १सय ३७, बिमा १ सय ५९ र अन्य समूह १सय ७८ प्रतिशतले घटेको छ ।

प्रकाशित : १३ माघ २०७३, बिहिबार ००:००