१० बैशाख २०८१, सोमबार । April 22, 2024

मुख्य खबर

पे्रस चौतारी पत्रकारिता पुरस्कार सिग्देललाई



पोखरा, १३ माघ । प्रेस चौतारी नेपाल कास्की शाखाद्वारा सञ्चालित प्रेस चौतारी पत्रकारिता पुरस्कार पत्रकार श्रीराम सिग्देललाई प्रदान गरिने भएको छ ।
प्रेस स्वतन्त्रता सेनानी तथा अग्रज पत्रकार बद्रीविनोद प्रतीकको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिको सिफारिसअनुसार कास्की शाखाको बैठकले उनलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।
संस्थागत विकासका साथै प्रेस स्वतन्त्रता, लोकतान्त्रिक आन्दोलन र नागरिक अधिकारको संरक्षणमा योगदान पु¥याएबापत प्रत्येक वर्ष एक जनालाई प्रदान गरिने सो पुरस्कारको राशि रु ११ हजार १११ रहेको छ ।
प्रेस चौतारी नेपालको स्थापना दिवस एवम् २३ गते हुने प्रदेश नं ४ को भेलाका अवसरमा सो पुरस्कार प्रदान गरिने शाखाका अध्यक्ष माधव बरालले जानकारी दिए। प्रेस चौतारी कास्कीले सञ्चालन गरेको उक्त पुरस्कारबाट यसअघि पुण्य पौडेल, माधव शर्मा, नवराज सुवेदी, रुद्रबहादुर थापा, हरि बास्तोला, बद्रीविनोद प्रतीक, खेम सारु, दुर्गा भण्डारीलगायत सम्मानित भई सकेका छन् ।

प्रकाशित : १३ माघ २०७३, बिहिबार ००:००