१३ बैशाख २०८१, बिहिबार । April 25, 2024

अर्थ

विद्यालय भवन हस्तान्तरण



रसुवा, १३ माघ । दाताहरुको सहयोगमा भूकम्पपछि पुनःनिर्माण गरिएका दुईवटा विद्यालय भवन सम्बन्धित विद्यालयलाई बुधबार हस्तान्तरण गरिएको छ ।

जिल्ला शिक्षा कार्यालय रसुवाका अनुसार नेपाल वाटर एन्ड एनर्जी डेभलपमेन्ट कम्पनीको अगुवाइमा विभिन्न संस्थाहरुको लगानीमा धुन्चेमा निर्मित पक्की हिमाली छात्राबास र राम्चेको सेतीभूमि माविमा कक्षा कोठाका लागि निर्मित प्रिफेब भवन दाताहरुले सम्बन्धित विद्यालयलाई हस्तान्तरण गरेका हुन् ।

रु ९२ लाखको लागतमा खाटसहितको सुविधायुक्त छ कोठे छात्राबास र रु ३८ लाखको लागतमा चार कोठे विद्यालय भवन निर्माण गरिएको जनइएको छ । छात्रावासमा भने भण्डार, भान्छा, डाइनिङ रुम र शौचालय समेतको व्यवस्था छ ।

प्रकाशित : १३ माघ २०७३, बिहिबार ००:००