३ बैशाख २०८१, सोमबार । April 15, 2024

मुख्य खबर

थापा नेदरल्यान्डका लागि राजदूत नियुक्त



राष्ट्रपति विद्यादेवी भण्डारीले लोकबहादुर थापालाई नेदरल्यान्डका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्ति गरेकी छिन् ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा बेल्जियमका लागि काम गरिरहेका थापालाई नेदरल्याण्डका लागि समेत नियुक्ति गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता कुलप्रसाद चुडालले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : १२ माघ २०७३, बुधबार ००:००