१३ बैशाख २०८१, बिहिबार । April 25, 2024

मुख्य खबर

गङ्गालालमा बाह्र हजारको ओपन हार्ट सर्जरी



काठमाडाँै, १२ माघ । सहिद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रले चालु आर्थिक वर्षको छ महिनामा ‘पेइङ सेवा’ मा रु छ करोड आम्दानी गरेको छ ।  अघिल्लो वर्ष अस्पतालले रु १२ करोड बढी आम्दानी गरेको अस्पतालका कार्यकारी निर्देशक ज्योतिन्द्र शर्माले जानकारी दिए । यो रकम यो वर्ष अझै बढ्न सक्ने उनको भनाइ छ ।
अस्पतालमा आएका बिरामी हेर्ने नियमित समयभन्दा अघिपछिको समयमा पनि बिरामी हेरी भएको आम्दानीलाई त्यहाँको सुधार र व्यवस्थापनका काममा खर्च गर्ने गरेको उनले जानकारी दिए ।
सोही रकमले अस्पतालका लागि पानी, बत्ती, सरसफाई लगायत त्यहाँ कार्यरत कर्मचारीका लागि तलब भत्ताका लागि खर्च गर्ने गरेको छ । अस्पतालले १३ वर्षअघिबाट पेइङ सेवा उपलब्ध गराउँदै आएको छ । गत वर्ष पेइङ र बहिरङगमा एक लाख २५ हजार बिरामीले अस्पतालमा उपचार गराएका थिए । तिमध्ये एक हजार ५ सय ९ जनाले शल्यक्रिया गराएको तथ्याड्ढमा उल्लेख छ ।
स्थापनाकालदेखि गत आर्थिक वर्षसम्ममा १८ हजारले मुटुको शल्यक्रिया गराएका छन् भने १२ हजारले ओपन हार्ट सर्जरी गराएको अस्पतालले जनाएको छ ।
बिरामीको चाप बढ्दै गएपछि १ सय ६० श्यया भएको अस्पतालमा ४० श्यया थप गरी गत साउनबाट दुई सय श्ययाको बनाइएको अस्पतालका प्रशासन प्रमुख दीपेन्द्र खड्काले जानकारी दिए । एक्कासौँ वार्षिकोत्सव मनाउने क्रममा रहेको अस्पताल विसं २०५२ मा स्थापना गरिएको थियो । अस्पतालमा देशका विभिन्न भागबाट बिरामी भएर आएका मुटुका बिरामीले निःशुल्क उपचार पाउँदै आएका छन् ।
सरकारले विपन्न, गरिब र मुटु रोगी भई उपचार गर्न नसक्ने अवस्थामा भएका बिरामीका लागि पनि अस्पतालमा सहुलियतको व्यवस्था गरेको छ । सरकारले विपन्न नागरिक, १५ वर्ष मुनि र ७५ वर्षमाथिका मुटुका बिरामी, मुटुको भल्व फेर्नुपर्ने बिरामीका लागि वार्षिक रुपमा रु ३१ करोड ५० लाख बढी उपलब्ध गराउँदै आएको छ । केन्द्रमा गरिब बिरामी भनी १५ वर्ष मुनिका बालबालिकाको मुटुको उपचार २०६४÷०६५ सालमा ७ सय १३ बिरामीको उपचार गरेको थियो ।
त्यसैगरी, २०६५÷६६ मा ६ सय २७, २०६६÷६७ मा ६ सय ४८, २०६७÷६८ मा ७ सय ७६, २०६८÷६९ मा ७ सय २१, २०६९÷ ७० मा ६ सय ६१, २०७०÷७१ मा ६ सय ४७ र २०७१÷७२ सालमा ५ सय ५० जना बालबालिकाको मुटुको निःशुल्क उपचार गरेको छ ।
सरकारले १५ वर्ष मुनिका कुनै पनि बालबालिका उपचार नपाएर मृत्युको मुखमा जानु नपरोस् भनी २०६३ सालमा निःशुल्क उपचार गर्ने निर्णय गरेको थियो ।
यस्तै, सरकारले आव २०६४÷६५ मा ७५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई मुटु रोग लागेमा निःशुल्क उपचार गर्ने व्यवस्था गरेको छ । २०६४÷६५ मा ६६ जना, ७५ वर्षभन्दा माथिको ज्येष्ठ नागरिकको उपचार गरेको प्रशासन प्रमुख खड्काले बताए । सरकारले २०६४÷६५ देखि २०७१÷७२ सम्म एक हजार ८१ जना ज्येष्ठ नागरिकको उपचार गरेको जानकारी खड्काले दिए ।
आव २०६६÷६७ बाट मुटुको भल्ब साँघुरिएको बिरामीको उपचार पनि निःशुल्क गर्ने निर्णय सरकारले गरेपछि २०६६÷६७ बाट आव २०७१÷७२ सम्म दुई हजार ३ सय ७२ बिरामीको मुटुको भल्ब साँघुरिएको भल्ब बेलुनद्वारा फुलाउने पिटिएमसी प्रविधिबाट उपचार गरिएको छ । रासस

प्रकाशित : १२ माघ २०७३, बुधबार ००:००