११ बैशाख २०८१, मंगलबार । April 23, 2024

समाचार

ट्याक्सी खोलामा खस्दा तीन गम्भीर घाइते



दमौली, १२ माघ । पृथ्वी राजमार्गको दमौली खैरेनीटार सडकखण्डमा पर्ने तनहुँको शुक्ला गण्डकी नगरपालिका–७ स्थित कुम्ले खोलाको पुलबाट आज ट्याक्सी रेलिङ तोडेर खोलामा खस्दा ट्याक्सीमा सवार तीनैजना गम्भिर घाइते भएका छन् ।
घाइते हुनेमा ट्याक्सी चालक पोखरा घारेपाटन बस्ने ३७ वर्षिय जगन गुरुङ सोही ठाउँकी २४ वर्षीया पार्वती गुरुङ र गोरखा सिर्दोबास–४ की ५६ वर्षीया जलमान गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
डुम्रेबाट पोखरा जाँदै गरेको ग.१ज.२१०७ नंको ट्याक्सी पुलको रेलिङ तोडेर कुम्ले खोलामा खसेको हो । तीव्रगतिमा गुडेका कारण ट्याक्सी दुर्घटनामा परेको हो । घाइतेको दमौलीको रत्नहरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : १२ माघ २०७३, बुधबार ००:००