१० चैत्र २०८०, शनिबार । March 23, 2024

मुख्य खबर

दुर्घटनामा महिलाको मृत्यु, एक घाइते



भक्तपुर, १२ माघ । सिन्धुपाल्चोकबाट सूर्यविनायकतर्फ आउँदै गरेको बा.४प.६९८३ नंको टिफरले सोही दिशामा जाँदै गरेको बा.७९ख. नंको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
आज भएको दुर्घटनामा सिन्धुपाल्चोक ठूलो सिरुवारी बस्ने ३८ वर्षिया विमला बस्नेतको मृत्यु भएको महानगरीय प्रहरी बृत्त जगातीका प्रहरी निरीक्षक राजकुमार सिलवालले जानकारी दिए ।
दुर्घटनामा मृतक बस्नेतका श्रीमान् एवम् मोटरसाइकल चालक ३८ वर्षिय रामचन्द्र बस्नेत भने गम्भीर घाइते भएका छन् । उनको मध्यपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटना गराउने सिन्धुपाल्चोक फुल्पिङकोट बस्ने २७ वर्षिय टिफर चालक वाङ्जुङ्ग तामाङ र टिफरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित : १२ माघ २०७३, बुधबार ००:००